गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज बुधबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । बैङ्कका अनुसार अमेरिकी डलर १ को खरिददर १५१ रुपैयाँ १६ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७६ पैसा निर्धारण गरिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७२ रुपैयाँ २८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ९७ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर २०० रुपैयाँ ७ पैसा र बिक्रीदर २०० रुपैयाँ ८६ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १८६ रुपैयाँ ७० पैसा र बिक्रीदर १८७ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ६ पैसा र बिक्रीदर १०४ रुपैयाँ ४७ पैसा, क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ १७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ५९ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११६ रुपैयाँ ७५ पैसा र बिक्रीदर ११७ रुपैयाँ २२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९ रुपैयाँ ३५ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ २८ पैसा र बिक्रीदर २२ रुपैयाँ ३७ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४० रुपैयाँ २४ पैसा र बिक्रीदर ४० रुपैयाँ ४० पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा कायम भएको छ ।
थाई भाट १ को खरिददर ४ रुपैयाँ ५५ पैसा र बिक्रीदर ४ रुपैयाँ ५७ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ४७ पैसा र बिक्रीदर ४१ रुपैयाँ ६३ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ र बिक्रीदर ३७ रुपैयाँ १५ पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९ रुपैयाँ ७८ पैसा, स्विडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ५२ पैसा र बिक्रीदर १५ रुपैयाँ ५८ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ५ पैसा र बिक्रीदर २३ रुपैयाँ १४ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर १ को खरिददर १९ रुपैयाँ २८ पैसा र बिक्रीदर १९ रुपैयाँ ३५ पैसा, कुवेती दिनार १ को खरिददर ४९० रुपैयाँ ९४ पैसा र बिक्रीदर ४९२ रुपैयाँ ८९ पैसा, बहराइन दिनार १ को खरिददर ४०० रुपैयाँ ९३ पैसा र बिक्रीदर ४०२ रुपैयाँ ५२ पैसा, ओमनी रियाल १ को खरिददर ३९२ रुपैयाँ ६४ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २० पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




















