गाेरखा । साताकाे तेस्राे दिन आज नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ७७ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८२ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा २५ रुपैयाँले बढेर ४ हजार २८५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियाे ।




















