गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ४ हजार ७०० रुपैयाँले बढेर २ लाख ८३ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार २ लाख ७९ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि बढेकाे छ । चाँदी ताेलामा १४५ रुपैयाँले बढेर ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ४ हजार १८० रुपैयाँमा कारोबार भएको थियाे ।


