गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे भएकाे छ ।
सुन ताेलामा ५ हजार २०० रुपैयाँले घटेर २ लाख ७८ हजार ३०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा २५० रुपैयाँले घटेर ४ हजार २३५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको थियाे ।




















