गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे भएकाे छ ।
सुन ताेलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८७ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा १०५ रुपैयाँले घटेर ४ हजार ४८५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ५९० रुपैयाँमा कारोबार भएको थियाे ।




















