गाेरखा । साताकाे दाेस्राे दिन नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे भएकाे छ ।
सुन ताेलामा १ हजार ४०० रुपैयाँले बढेर २ लाख ८८ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे २ लाख ८७ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि बढेकाे छ । चाँदी ताेलामा ४० रुपैयाँले बढेर ४ हजार ७३० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ६९० रुपैयाँमा कारोबार भएको थियाे ।




















