गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउमा सामान्य गिरावट आएकाे छ ।
सुन ताेलामा १०० रुपैयाँले घटेर २ लाख ९७ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९७ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदी भाउ पनि घटेकाे छ । चाँदी ताेलामा ३५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ९८० रुपैयाँमा कारोबार भएको थियाे ।




















