गाेरखा । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ । जसका कारण मङ्गलबार देशका विभिन्न स्थानमा हुरीका साथमा वर्षा भएको थियाे ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ र तराईमा मुख्यतया सफा रहनेछ ।
कोशी र मधेस प्रदेशलगायत बागमती र गण्डकी प्रदेश हिमाली तथा पहाडी भागका केही स्थानहरूमा, लुम्बिनी प्रदेशको हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराईका भाग साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानमा मेघगर्जन सहित चट्याङ तथा मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भागमा गर्मी बढ्ने सम्भावना रहेको छ । मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई र पहाडी भागका केही स्थानहरूमा अपराह्नपछि हुरीको सम्भावना रहेको छ ।




















