गाेरखा । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशमा साधारणतया बादल लाग्नेछ ।
मधेस प्रदेशलगायत बाँकी प्रदेशको हिमाली र पहाडी भागमा आंशिक बादल लाग्नेछ, बाँकी तराई भागमा मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागको केही स्थानहरूमा, मधेस प्रदेशलगायत बागमती, गण्डकी प्रदेशका तराई भाग तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भागका केही स्थानहरूमा मेघगर्जन सहित चट्याङ पर्ने र मध्यमसम्मको वर्षा तथा हिमपातको सम्भावना छ विभागले जनाएको छ ।
सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी भागमा गर्मी बढ्ने तथा तराई भागमा तातो लहरकाे सम्भावना रहेको छ । मधेस र कोशी प्रदेशको तराई भागका थोरै स्थानहरूमा हावाहुरीको सम्भावना रहेको पनि विभागले जनाएको छ ।



