गाेरखा । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ ८६ पैसा र बिक्रीदर १५४ रुपैयाँ ४६ पैसा निर्धारण गरिएको छ ।
युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १८९ रुपैयाँ ६४ पैसा, युके पाउण्ड स्टर्लिङ १ को खरिददर २०५ रुपैयाँ ४८ पैसा र बिक्रीदर २०६ रुपैयाँ २८ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १९छ रुपैयाँ ६४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ४० पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर ११० रुपैयाँ ३८ पैसा र बिक्रीदर ११० रुपैयाँ ४५ पैसा, क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ ८९ पैसा र बिक्रीदर ११२ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर १ को खरिददर १२० रुपैयाँ १८ पैसा र बिक्रीदर १२० रुपैयाँ ६५ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९ रुपैयाँ ७२ पैसा, चिनियाँ युआन १ को खरिददर २२ रुपैयाँ ६३ पैसा र बिक्रीदर २२ रुपैयाँ ७१ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ४१ रुपैयाँ र बिक्रीदर ४१ रुपैयाँ १६ पैसा, कतारी रियाल १ को खरिददर ४२ रुपैयाँ २१ पैसा र बिक्रीदर ४२ रुपैयाँ ३८ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट १ को खरिददर ४ रुपैयाँ ७१ पैसा र बिक्रीदर ३ रुपैयाँ ७२ पैसा, युएई दिराम १ को खरिददर ४१ रुपैयाँ ८९ पैसा र बिक्रीदर ४२ रुपैयाँ ६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ३८ रुपैयाँ ८४ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ २५ पैसा र बिक्रीदर १० रुपैयाँ २८ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६ रुपैयाँ ३८ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ८४ पैसा र बिक्रीदर २४ रुपैयाँ ४ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर १ को खरिददर १९ रुपैयाँ ६५ पैसा र बिक्रीदर १९ रुपैयाँ ७२ पैसा, कुवेती दिनार १ को खरिददर ५०१ रुपैयाँ ५० पैसा र बिक्रीदर ५०३ रुपैयाँ ४६ पैसा, बहराइन दिनार १ को खरिददर ४०७ रुपैयाँ ९५ पैसा र बिक्रीदर ४०९ रुपैयाँ ५५ पैसा, ओमनी रियाल १ को खरिददर ३९९ रुपैयाँ ६३ पैसा र बिक्रीदर ४०१ रुपैयाँ १९ पैसा रहेको छ । भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकेको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



