गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ८०० रुपैयाँले बढेर २ लाख ९४ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९४ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ बढे पनी चाँदीकाे भाउ भने घटेकाे छ । आज चाँदी ताेलामा २० रुपैयाँले घटेर ५ हजार ४० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियाे ।



