गाेरखा । साताकाे पहिलाे दिनमा नै नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ४ हजार ५०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ९८ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ भने घटेकाे छ । आज चाँदी ताेलामा ३३० रुपैयाँले घटेर ५ हजार ६० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे शुक्रबार ताेलाकाे ५ हजार ३९० रुपैयाँमा कारोबार भएको थियाे ।



