गाेरखा । सशस्त्र प्रहरीले सिरहाको नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा ईलाकाबाट हिजाे राती करीब २० लाख बरावरकाे सामान र ट्रक सहित २ जनालाई नियन्त्रणमा लिएको छ ।
जेठ २ गते राती सशस्त्रले सिमा ईलाकाबाट १९ लाख ४७ हजार ३०० रुपैयाँ बराबरको सामान र १ ट्रक सहित त्यसमा सवार २ जनालाई नियन्त्रणमा लिएको सशस्त्र प्रहरी बल नेपालका सशस्त्र प्रहरी नायब उपरिक्षक एवं सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए ।
पक्राउ पर्नेमा सोही ठाउँ बस्ने ५० बर्षिय राजेश यादव र ३९ बर्षिय आनन्द यादव रहेकाे पनि उनले बताए । दुवै जनालाई ७ नं. गण सिरहाबाट खटिएको गस्ती टोलीले नियन्त्रणमा लिएको हो ।
स १ ख ५३५ नम्बरको ट्रकमा राखेर नेपालबाट अबैध रुपमा भारततर्फ लैजाँदै गरेको कस्मेटिक सामान, टुथ पेस्ट, २६० केजी ओखरसहित गाडि समेत विशेष सूचनाको आधारमा नियन्त्रणमा लिईएको हो ।
पक्राउ परेका २ जना गाडिका चालक र सहचालक हुन् । दुवै जनालाई हिजै राती नेपाल प्रहरीलाई बुझाईएको छ भने बरामद सामान भन्सार बुझाउने प्रक्रियामा रहेको सहप्रवक्ता थापाले बताए ।



