गाेरखा । नेपालमा हाल पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ । जसको प्रभावले हाल गण्डकी, बागमती र कोशी प्रदेशका थोरै स्थानहरू वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेशलगायत बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ ।
कोशी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली र पहाडी भागका केही स्थानहरूमा तथा मधेस प्रदेश लगायत लुम्बिनी र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भाग तथा कोशी प्रदेशको तराई भागको केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ ।
मधेस प्रदेश र कोशी प्रदेशका तराई भागको थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशका भागमा तापक्रम बढ्ने सम्भावना रहेको छ ।
आज राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागमा साधरणतया बादल लाग्नेछ भने कर्णाली प्रदेशको हिमाली भाग र मधेस प्रदेशमा आंशिक बादल लाग्नेछ । बाँकी पहाडी र तराई भागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी प्रदेशको थोरै स्थानहरू, बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भागकाे केही स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ । तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।



