गाेरखा । नेपाल राष्ट्र बैंकले आज शनिबारको लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १५३ रुपैयाँ २५ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८५ पैसा निर्धारण गरिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर १०९ रुपैयाँ ७३ पैसा र बिक्रीदर ११० रुपैयाँ १६ पैसा, क्यानेडियन डलर १ को खरिददर १११ रुपैयाँ ४७ पैसा र बिक्रीदर १११ रुपैयाँ ९१ पैसा तोकिएको छ ।
युरोपियन युरो १ को खरिददर १७८ रुपैयाँ ३८ पैसा र बिक्रीदर १७९ रुपैयाँ ८ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर २०४ रुपैयाँ ९५ पैसा र बिक्रीदर २०५ रुपैयाँ ७५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



