गाेरखा । विषालु च्याउ खाँदा चितवनमा एक जनाले ज्यान गुएको छ ।
ज्यान गुमाउनेमा इच्छाकामना गाउँपालिका-१ स्थित कुलवाङ बस्ने ११ वर्षीया नमुना चेपाङ भएको चितवन प्रहरीले पुष्टी गरेकाे हो ।
४ दिनअघि च्याउ खाँदा बिरामी भएकी नमुनाको शुक्रबार बिहान ज्यान भएको इच्छाकामना गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरुङले जानकारी दिए ।
च्याउ खाँदा नमुनासँगै १३ वर्षकी दिदी मनिता र ९ वर्षका भाइ साजन पनि गंभिर बिरामी भएकाे उनले बताए । उनीहरूलाई अस्पताल ल्याइएको छ ।
च्याउ खाएर बिरामी भएपछि पनि घरमै बसेका कारण समस्या बल्झिँदै गएपछि शुक्रबार मात्रै काउले स्वास्थ्य चौकी गएका चेपाङ परिवारलाई स्वास्थ्य चौकीमा उपचार सम्भव नभएपछि भरतपुर पठाइएको थियाे ।
चेपाङ परिवारलाई भरतपुरसम्म जाने आउने व्यवस्था भने इच्छाकामना गाउँपालिकाले गरिदिएको थियाे ।



