गाेरखा । साताकाे चाैथाे दिन आज बुधबार नेपाली बजारमा सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ भने बढेकाे छ ।
सुन ताेलामा ७०० रुपैयाँले घटेर ३ लाख २ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे ३ लाख २ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटेकाे भएता पनि आज चाँदीकाे भाउ भने बढेकाे छ । आज चाँदी ताेलामा १५ रुपैयाँले बढेर ५ हजार ७१० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार ६९५ रुपैयाँमा कारोबार भएको थियाे ।



