गाेरखा । मानवसेवा आश्रमले पोखरामा आयोजना गरेको श्रीमद्भागवत सप्ताह ज्ञान–विज्ञान महायज्ञबाट ३ करोड भन्दा बढी रकम संगलन भएकाे छ ।
मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्नका लागि अर्थसङ्कलन गर्ने उद्देश्यले यही वैशाख १९ देखि २६ गतेसम्म पोखरा महानगरपालिका–२५ काे हेमजास्थितमा रहेका आश्रम प्राङ्गणमा महायज्ञ लगाइएको महायज्ञमा ३ कराेड ३ लाख रुपैयाँ संकलन भएकाे हाे ।
महायज्ञबाट मानवसेवा आश्रम पोखरा शाखाको निर्माणाधीन भवन सम्पन्न गर्ने, लक्ष्मीनारायण मन्दिर तथा मुक्तिनाथ सेवा धर्मशाला निर्माण तथा अक्षयकोष श्रीवृद्धिका लागि नगद, जिन्सी, क्युआर तथा प्रतिबद्धतासहित सो रकम सहयोग रकम प्राप्त भएको यज्ञ मूल आयोजक समितिका संयोजक अनिलकुमार शाहीले जानकारी दिए ।



