गाेरखा । नेपाली बजारमा आज सुन र चाँदी दुवैकाे भाउ बढेकाे छ ।
सुन ताेलामा १ हजार ८०० रुपैयाँले बढेर २ लाख ९८ हजार ६०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा १०० रुपैयाँले बढेर ५ हजार १५५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार ५५ रुपैयाँमा कारोबार भएको थियाे ।



