गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ५ हजार ८०० रुपैयाँले बढेर २ लाख ९६ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९१ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा १७५ रुपैयाँले बढेर ५ हजार ५५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ८८० रुपैयाँमा कारोबार भएको थियाे ।




















