गाेरखा । साताकाे तेस्राे दिन आज मंगलबार नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ३ हजार १०० रुपैयाँले घटेर २ लाख ९१ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९४ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटे संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलामा १५० रुपैयाँले घटेर ४ हजार ८८० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार ३० रुपैयाँमा कारोबार भएको थियाे ।



