गाेरखा । साताकाे दाेस्राे दिन आज साेमबार नेपाली बजारमा आज पनि सुनकाे भाउ घटेकाे छ भने चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ३०० रुपैयाँले घटेर २ लाख ९४ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९५ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटे पनि चाँदीकाे भाउ भने बढेकाे छ । आज चाँदी ताेलामा २० रुपैयाँले बढेर ५ हजार ३० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार १० रुपैयाँमा कारोबार भएको थियाे ।




















