गाेरखा । आज नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ३ हजार ४०० रुपैयाँले बढेर २ लाख ९६ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९२ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियाे ।



