गाेरखा । आज नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९२ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलामा १०५ रुपैयाँले घटेर ४ हजार ८१० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको थियाे ।




















