गाेरखा । आज नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ३ हजार रुपैयाँले घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९७ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलामा ३० रुपैयाँले घटेर ४ हजार ९१५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियाे ।



