गाेरखा । साताकाे पहिलाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा २ हजार ७०० रुपैयाँले बढेर २ लाख ९९ हजार २०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे हप्ताकाे शुक्रबार ताेलाकाे २ लाख ९६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा ५० रुपैयाँले बढेर ४ हजार ९९५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी गएकाे हप्ताकाे शुब्रबार ताेलाकाे ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियाे ।



