गाेरखा । आज पनि नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा २ हजार २०० रुपैयाँले घटेर २ लाख ९६ हजार ५०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९८ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलामा ७५ रुपैयाँले घटेर ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार २० रुपैयाँमा कारोबार भएको थियाे ।



