गाेरखा । साताकाे पाँचाैं दिन आज बिहीबार नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा १ हजार ८०० रुपैयाँले घटेर २ लाख ९८ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे ३ लाख ५०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलामा ११० रुपैयाँले घटेर ५ हजार २० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ताेलाकाे ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियाे ।



