गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज बिहीबारकाे लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर १ को खरिददर १४९ रुपैयाँ ७८ पैसा र बिक्रीदर १५० रुपैयाँ ३८ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७५ रुपैयाँ ९१ पैसा र बिक्रीदर १७६ रुपैयाँ ६१ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर २०२ रुपैयाँ ३५ पैसा र बिक्रीदर २०३ रुपैयाँ १६ पैसा, स्विस फ्र्याङ्क १ को खरिददर १९१ रुपैयाँ ६७ पैसा र बिक्रीदर १९२ रुपैयाँ ४४ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०७ रुपैयाँ २० पैसा र बिक्रीदर १०७ रुपैयाँ ६३ पैसा, क्यानेडियन डलर १ को खरिददर १०९ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११० रुपैयाँ ११ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११७ रुपैयाँ ६३ पैसा र बिक्रीदर ११८ रुपैयाँ १० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ४१ पैसा र बिक्रीदर ९ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ९५ पैसा र बिक्रीदर २२ रुपैयाँ ४ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ९४ पैसा र बिक्रीदर ४० रुपैयाँ १० पैसा, कतारी रियाल १ को खरिददर ४१ रुपैयाँ ९ पैसा र बिक्रीदर ४१ रुपैयाँ २६ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६७ पैसा, युएई दिराम १ को खरिददर ४० रुपैयाँ ७८ पैसा र बिक्रीदर ४० रुपैयाँ ९४ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ९० पैसा र बिक्रीदर ३७ रुपैयाँ ०५ पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ १३ पैसा र बिक्रीदर १० रुपैयाँ १७ पैसा, स्विडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ ३३ पैसा र बिक्रीदर १६ रुपैयाँ ४० पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ५४ पैसा र बिक्रीदर २३ रुपैयाँ ६३ पैसा तोकिएको छ ।
यसैगरी हङकङ डलर १ को खरिददर १९ रुपैयाँ १२ पैसा र बिक्रीदर १९ रुपैयाँ २० पैसा, कुवेती दिनार १ को खरिददर ४८८ रुपैयाँ ७६ पैसा र बिक्रीदर ४९० रुपैयाँ ७२ पैसा, बहराइन दिनार १ को खरिददर ३९७ रुपैयाँ २९ पैसा र बिक्रीदर ३९८ रुपैयाँ ८९ पैसा, ओमनी रियाल १ को खरिददर ३८९ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३९० रुपैयाँ ५९ पैसा तोकिएको छ ।
भारतीय रुपैयाँ १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको ‘वेबसाइट’मा उपलब्ध हुने जनाइएको छ ।



