गाेरखा । नेपाल राष्ट्र बैंकले आज साेमबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ३९ पैसा र बिक्रीदर १४८ रुपैयाँ ९९ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७४ रुपैयाँ ५६ पैसा र बिक्रीदर १७५ रुपैयाँ २६ पैसा, युके पाउण्ड स्टर्लिङ १ को खरिददर २०० रुपैयाँ ५७ पैसा र बिक्रीदर २०१ रुपैयाँ ३८ पैसा, स्विस फ्रयाङ्क १ को खरिददर १८९ रुपैयाँ ७९ पैसा र बिक्रीदर १९० रुपैयाँ ५६ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०६ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०६ रुपैयाँ ८० पैसा, क्यानेडियन डलर १ को खरिददर १०८ रुपैयाँ ३७ पैसा र बिक्रीदर १०८ रुपैयाँ ८० पैसा, सिङ्गापुर डलर १ को खरिददर ११६ रुपैयाँ ८३ पैसा र बिक्रीदर ११७ रुपैयाँ ३० पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९ रुपैयाँ ३९ पैसा, चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ७७ पैसा र बिक्रीदर २१ रुपैयाँ ८५ पैसा , साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ५६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ७२ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ७० पैसा र बिक्रीदर ४० रुपैयाँ ८६ पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६५ पैसा र बिक्रीदर ४ रुपैयाँ ६६ पैसा, युएई दिराम १ को खरिददर ४० रुपैयाँ ४० पैसा र बिक्रीदर ४० रुपैयाँ ५६ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ७० पैसा, साउथ कोरियन वन १०० को खरिददर १० रुपैयाँ ११ पैसा र बिक्रीदर १० रुपैयाँ १६ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १६ रुपैयाँ १९ पैसा र बिक्रीदर १६ रुपैयाँ २६ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ ३६ पैसा र बिक्रीदर २३ रुपैयाँ ४५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ९५ पैसा र बिक्रीदर १९ रुपैयाँ २ पैसा, कुवेती दिनार १ को खरिददर ४८४ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४८६ रुपैयाँ ३४ पैसा, बहराइन दिनार १ को खरिददर ३९३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३९५ रुपैयाँ २० पैसा, ओमनी रियाल १ को खरिददर ३८५ रुपैयाँ ९३ पैसा र बिक्रीदर ३८७ रुपैयाँ ४९ पैसा रहेको छ । यस्तै,भारतीय रुपैयाँ १०० रुपैयाँको खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।




















