गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा १ हजार २०० रुपैयाँले बढेर ३ लाख १ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन गएकाे शुक्रबार ताेलाकाे २ लाख ९९ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा ९५ रुपैयाँले बढेर ५ हजार २२५ रुपैयाँमा कारोबार भएको छ ।
गएकाे शुक्रबार चाँदी ताेलाकाे ५ हजार १३० रुपैयाँमा कारोबार भएको थियाे ।




















