गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा १०० रुपैयाँले बढेर ३ लाख २ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे ३ लाख २ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा ३० रुपैयाँले बढेर ५ हजार २५० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार २२० रुपैयाँमा कारोबार भएको थियाे ।



