गाेरखा । नेपाली बजारमा आज पनि सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा २ हजार ९०० रुपैयाँले बढेर ३ लाख २ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९९ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा १५५ रुपैयाँले बढेर ५ हजार २२० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ५ हजार ६५ रुपैयाँमा कारोबार भएको थियाे ।



