गाेरखा । बिक्रम सम्बत २०८३ सालकाे आज पहिलाे दिन नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ३ हजार १०० रुपैयाँले बढेर २ लाख ९९ हजार ८०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे बिक्रम सम्बत २०८२ सालकाे अन्तिम दिन ताेलाकाे २ लाख ९६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा १६५ रुपैयाँले बढेर ५ हजार ६५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ४ हजार ९०० रुपैयाँमा कारोबार भएको थियाे ।




















