गाेरखा । बर्षकाे अन्तिम दिनमा आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन ताेलामा ४०० रुपैयाँले घटेर २ लाख ९६ हजार ७०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९७ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी ताेलामा ७५ रुपैयाँले घटेर ४ हजार ९०० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको थियाे ।




















