गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा २०० रुपैयाँले बढेर २ लाख ९७ हजार १०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
गएकाे हप्ताकाे शुक्रबार सुन ताेलाकाे २ लाख ९६ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा १५ रुपैयाँले बढेर ४ हजार ९७५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ४ हजार ९६० रुपैयाँमा कारोबार भएको थियाे



