गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज शनिरबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ०७ पैसा र बिक्रीदर १४८ रुपैयाँ ६७ पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १७३ रुपैयाँ ४४ पैसा र बिक्रीदर १७४ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ १ को खरिददर १९९ रुपैयाँ ०१ पैसा र बिक्रीदर १९९ रुपैयाँ ८२ पैसा, स्वीस फ्रयाङ्क १ को खरिददर १८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८८ रुपैयाँ ३७ पैसा कायम गरिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ६९ पैसा र बिक्रीदर १०५ रुपैयाँ ११ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ०३ पैसा र बिक्रीदर १०७ रुपैयाँ ४६ पैसा, सिङ्गापुर डलर १ को खरिददर ११६ रुपैयाँ २२ पैसा र बिक्रीदर ११६ रुपैयाँ ६९ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर ९ रुपैयाँ ३० पैसा र बिक्रीदर ९ रुपैयाँ ३४ पैसा, चिनियाँ युआन १ को खरिददर २१ रुपैयाँ ६८ पैसा र बिक्रीदर २१ रुपैयाँ ७७ पैसा, साउदी अरेबियन रियाल १ को खरिददर ३९ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३९ रुपैयाँ ६२ पैसा, कतारी रियाल १ को खरिददर ४० रुपैयाँ ६१ पैसा र बिक्रीदर ४० रुपैयाँ ७८ पैसा कायम भएको छ ।
केन्द्रीय बैङ्कका अनुसार थाइ भाट १ को खरिददर ४ रुपैयाँ ६१ पैसा र बिक्रीदर ४ रुपैयाँ ६३ पैसा, युएई दिराम १ को खरिददर ४० रुपैयाँ ३१ पैसा र बिक्रीदर ४० रुपैयाँ ४७ पैसा, मलेसियन रिङ्गेट १ को खरिददर ३७ रुपैयाँ ३४ पैसा र बिक्रीदर ३७ रुपैयाँ ५० पैसा, साउथ कोरियन वन १०० को खरिददर ९ रुपैयाँ ९८ पैसा र बिक्रीदर १० रुपैयाँ २ पैसा, स्वीडिस क्रोनर १ को खरिददर १५ रुपैयाँ ९९ पैसा र बिक्रीदर १६ रुपैयाँ ०५ पैसा र डेनिस क्रोनर १ को खरिददर २३ रुपैयाँ २१ पैसा र बिक्रीदर २३ रुपैयाँ ३० पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले हङकङ डलर १ को खरिददर १८ रुपैयाँ ९० पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, कुवेती दिनार १ को खरिददर ४८३ रुपैयाँ १० पैसा र बिक्रीदर ४८५ रुपैयाँ ६ पैसा, बहराइन दिनार १ को खरिददर ३९२ रुपैयाँ ६५ पैसा र बिक्रीदर ३९४ रुपैयाँ २५ पैसा, ओमनी रियाल १ को खरिददर ३८४ रुपैयाँ ६० पैसा र बिक्रीदर ३८६ रुपैयाँ १६ पैसा रहेको छ । यस्तै, भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ र बिक्रीदर १६० रुपैयाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



