गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा २ हजार २०० रुपैयाँले बढेर २ लाख ९६ हजार ९०० रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९४ हजार ७०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा ८५ रुपैयाँले बढेर ४ हजार ९६० रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ४ हजार ८७५ रुपैयाँमा कारोबार भएको थियाे ।




















