गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन ताेलामा ७ हजार २०० रुपैयाँले बढेर २ लाख ९९ हजार रुपैयाँमा काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
हिजाे सुन ताेलाकाे २ लाख ९१ हजार ८०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी ताेलामा २०५ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ताेलाकाे ४ हजार ८२० रुपैयाँमा कारोबार भएको थियाे ।



