गाेरखा । नेपाल राष्ट्र बैङ्कले आज शनिबारकाे लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १४८ रुपैयाँ ६७ पैसा र बिक्रीदर १४९ रुपैयाँ २७ पैसा तोकिएको छ ।
यस्तै, अष्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १०३ रुपैयाँ १२ पैसा, क्यानेडियन डलर १ को खरिददर १०६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १०७ रुपैयाँ १९ पैसा तोकिएको छ ।
युरोपियन युरो १ को खरिददर १७१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ३१ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९६ रुपैयाँ ७६ पैसा र बिक्रीदर १९७ रुपैयाँ ५५ पैसा कायम गरिएको छ ।
राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



