गाेरखा । नेपाली बजारमा आज सुनकाे भाउ स्थिर रहदा चाँदीकाे भाउ भने बढेकाे छ ।
सुन हिजाे तोलाकाे २ लाख ९४ हजार रुपैयाँमा कारोबार भएको थियाे । साेही मूल्यमा आज पनि काराेबार भएकाे नेपाल सुनचाँदी ब्यवसायी महासघंले जनाएकाे छ ।
सुनकाे भाउ स्थिर रहेता पनि आज चाँदीकाे भाउ भने बढेकाे छ । आज चाँदी तोलामा ५० रुपैयाले बढेर ताेलाका ४ हजार ८३० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ७८० रुपैयाँमा कारोबार भएको थियाे ।



