गाेरखा । साताकाे पाँचाैं दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ३ हजार ६०० रुपैयाँले घटेर २ लाख ९४ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९७ हजार ६०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा १६५ रुपैयाले घटेर ताेलाका ४ हजार ७८० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको थियाे ।




