गाेरखा । साताकाे चाैथाे दिन आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ बढकाे छ ।
सुन आज तोलामा ७ हजार ४०० रुपैयाँले बढेर २ लाख ९७ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ९० हजार २०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा १०० रुपैयाले बढेर ताेलाका ४ हजार ९४५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ८४५ रुपैयाँमा कारोबार भएको थियाे ।



