गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा २ हजार ५०० रुपैयाँले घटेर २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे २ लाख ८६ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ संगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा २० रुपैयाले घटेर ताेलाका ४ हजार ७०० रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ४ हजार ७२० रुपैयाँमा कारोबार भएको थियाे ।




