गाेरखा । आज नेपाली बजारमा सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ७ हजार ८०० रुपैयाँले घटेर २ लाख ९४ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन हिजाे ताेलाकाे ३ लाख २ हजार ३०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनकाे भाउ घटेसंगै आज चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ११५ रुपैयाले बढेर ताेलाका ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको छ ।
चाँदी हिजाे ५ हजार १० रुपैयाँमा कारोबार भएको थियाे ।





















