गाेरखा । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलर १ को खरिददर १४७ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५२ पैसा तोकिएको छ ।
अष्ट्रेलियन डलर १ को खरिददर १०४ रुपैयाँ ११ पैसा र बिक्रीदर १०४ रुपैयाँ ५४ पैसा, क्यानेडियन डलर १ को खरिददर १०७ रुपैयाँ ६८ पैसा र बिक्रीदर १०८ रुपैयाँ १२ पैसा पैसा तोकिएको छ ।
यस्तै, युरोपियन युरो १ को खरिददर १६९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १७० रुपैयाँ ३७ पैसा, युके पाउन्ड स्टर्लिङ १ को खरिददर १९६ रुपैयाँ ३९ पैसा र बिक्रीदर १९७ रुपैयाँ १९ पैसा कायम गरिएको छ ।
राष्ट्र बैंकले यो विनिमय दरलाई आवश्यकताअनुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।



