गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा २ हजार रुपैयाँले घटेर ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे सुन ताेलाकाे ३ लाख १९ हजार रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन संगै चाँदी भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा २०५ रुपैयाले घटेर ताेलाका ५ हजार ५१५ रुपैयाँमा कारोबार भएको छ ।
हिजाे चाँदी ५ हजार ७२० रुपैयाँमा कारोबार भएको थियाे ।




