गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा ३ हजार ७०० रुपैयाँले घटेर ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।
हिजाे सुन ताेलाकाे ३ लाख १६ हजार ९०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन संगै चाँदीकाे भाउ पनि घटेकाे छ । आज चाँदी तोलामा ६५ रुपैयाँले घटेर तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
हिजाे चाँदी ताेलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।




