गाेरखा । नेपाली बजारमा आज सुन र चाँदीकाे भाउ बढेकाे छ ।
सुन आज तोलामा ३ हजार ५०० रुपैयाँले बढेर ३ लाख १६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ ।
गएकाे शुक्रबार सुन ताेलाकाे ३ लाख १३ हजार ४०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
आज सुन संगै चाँदीकाे भाउ पनि बढेकाे छ । आज चाँदी तोलामा ३० रुपैयाँले बढेर तोलाको ५ हजार ४७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
गएकाे शुक्रबार चाँदी ताेलाको ५ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो ।





















