गाेरखा । नेपाली बजारमा आज सुन भाउ बढेकाे छ भने चाँदीकाे भाउ घटेकाे छ ।
सुन आज तोलामा २ हजार ५०० रुपैयाँले बढेर ३ लाख २९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ । नेपाली बजारमा हिजाे पनि सुन ताेलामा ५ हजार ६०० रुपैयाँले बढेकाे थियाे ।
सुन हिजाे ताेलाकाे ३ लाख २६ हजार १०० रुपैयाँमा काराेबार भएकाे थियाे ।
सुनको बढे पनि चाँदीकाे भाउ भने घटेकाे छ । आज चाँदी तोलामा २०५ रुपैयाँले घटेर तोलाको ५ हजार ८१५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
चाँदी हिजाे ताेलाको ६ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।




